बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसको आधिकारिक पक्ष गगन थापा पक्ष नै रहेको बताएका छन् ।
निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै अब कांग्रेसको वैधानिकता गगन थापा समूहसँग नै रहने बताए ।
महाधिवेशन र विशेष महाधिवेशनको पावर उस्तै हुने भन्दै उनले विशेष महाधिवेशनले स्थापित गरेको नेतृत्वले नै पार्टी सञ्चालन गर्ने दावी गरे ।
अहिले आधिकारिकताको विषय निर्वाचन आयोगले टुंग्याएपछि हुने भन्दै उनले दल सम्बन्धि ऐनको दफा ५१ अनुसार आयोगले थापा समूहलाई नै आधिकारिकता दिनुपर्ने तर्क गरे ।
यो विशेष महाधिवेशन रितपूर्वक भएको पनि त्रिपाठीको तर्क छ । त्यसमा पनि कांग्रेसको सबैभन्दा ठूलो निकाय नै महाधिवेशन भनिएकोले विधान अनुसार पनि विशेष महाधिवेशनले तयार पारेको नेतृत्वलाई स्वीकार गर्नुपर्ने उनले बताए ।
प्रकाशित: २ माघ २०८२ १६:५४ शुक्रबार





