२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

गगन भन्छन्: कैयौँ कुरा सभापतिलाई फकाएर पनि मनाएका छौँ, मान्दिनुभएको छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र आफ्ना कैयौँ कुरा सभापति शेरबहादुर देउवाले मानिदिएर पार्टीको बनाइदिएको पनि बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै महामन्त्री थापाले कैयौँ कुरा फकाएर र कैयौँ कुरा दबाब दिएर पनि मनाएको बताए। 

‘कतिपय निर्णय मेरो प्रस्तावलाई पार्टीको मुख्य विषय बनाउन सके। जस्तो पछिल्लो कुरा गरौँ–संसदमा आएका भूमि विधेयक भनौँ, निजामतीको विधेयक भनौँ , शिक्षाको विधेयक भनौँ ,’ महामन्त्री थापाले भने, ‘मलाई र अर्को महामन्त्री(विश्वप्रकाश शर्मा)लाई लागेको कुरा पार्टीको हितमा हुन्छ भन्ने लागेकाले हामी  लडिराख्यौँ। एउटा बिन्दुमा तिमीहरू भनेको मान भन्ने आयो। हामी मनेनौं,  लडिराख्यौँ। अन्तिममा हाम्रो कुरालाई पार्टीले मान्दियो।’ 

यस्ता घटना कैयन् पटक भएको उनले बताए। ‘यस्ता कैयन् हाम्रा कुरालाई पार्टीको कुरा बनाउन सकेका छौँ। सभापतिलाई कहिले फकाएर गरेका छौँ। कहिले सभापतिलाई दबाब दिएर पनि गरेका छौ। थुप्रै चोटि सभापतिले हाम्रो कुरा मान्दिनु भएको छ,’ महामन्त्री थापाले भने। 

सुन्नुहोस् पूरा अन्तर्वार्ता

Video | Facebook

प्रकाशित: ११ भाद्र २०८२ २०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App