१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

गगनको सम्बोधनः अमानवीय घटनाको छानबिन हुन्छ, कांग्रेसले पहलकदमी लिन्छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार पार्टीका नाममा सम्बोधन गर्दै भदौ २३ र २४ गते भएका घटनाको पूर्ण छानबिन हुनुपर्ने बताएका छन्। भिडिओमार्फत जारी सम्बोधन गगनले त्यसका लागि कांग्रेसले नै पहलकदमी लिने बताएका हुन्।  

भदौ २३ गते कसैले नचाहेको अकल्पनीय घटना घटेको उनले बताएका छन्। ‘तपाईं र म सरकारमा थिएनौं, तर हाम्रो पार्टी सरकारमा थियो,’ उनले भने,‘हाम्रो अनुहारमा दाग लागेको छ, हामीले ऐना पुछेर हुँदैन। अनुहार नै पुछ्नुपर्छ।’ नेपाली कांग्रेस पार्टीले त्यो मानेमा सिंगो देशसँग माफी माग्नुपर्ने र त्यो घाउलाई पुर्नुपर्ने बातएका छन्।  

भदौ २४ गते भएको क्षतिको कसैले आकलन पनि गर्न नसक्ने गगनले बताएका छन्। उनले भनेका छन्, ‘हाम्रा सम्पदाहरू, हाम्रा कार्यालयहरू कहाँ कति क्षति छ, कसैले पनि अनुमान गर्न सक्दैन।’  

पार्टी सभापति शेरबहादुर देउवादेखि लिएर पार्टीका सयौं नेतामाथि भौतिक आक्रमण भएको उनले बताएका छन्। ‘पार्टीका नेता साथीको घर छानीछानीकन आगजनी र तोडफोड भएको छ,’ उनले भनेका छन्। स्वाभाविक आक्रोसको कुरालाई सामान्य मान्नुपर्ने र त्यसलाई सहज बनाउँदै लैजानुपर्ने गगनको मत छ।  

‘तर, जहाँ नियतवस् भएको छ ती दण्डनीय छन्। त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ गगनले भनेका छन्,‘त्यसैले नयाँ सरकार बनिसकेपछि तत्काल नेपाली कांग्रेसको पहल कदमी रहन्छ, माग रहन्छ। भदौ २३ र २४ गते दुवै दिन भएका अमानवीय जतिपनि क्रूर घटनाहरू छन् ती प्रत्येकको छानबिन हुनुपर्छ।’ प्रत्येक दोषी जोसुकै होस् सबैले कानुन अनुसारको सजाय हुनुपर्ने र त्यसका निम्ति काम गर्ने उनले बताएका छन्।

प्रकाशित: २७ भाद्र २०८२ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App