१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश

नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराए।

पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिष्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताए। उनले सबै कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकाले आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको भनाइ राखे।

दुलाललाई नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यका रूपमा मनोनयन गरिएको छ। मनोनयन पत्रमा एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको उल्लेख छ। साथै, तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने पार्टीले अपेक्षा गरेको छ।

दुलालको प्रवेशसँगै दोलखामा नेकपाको संगठनात्मक प्रभाव अझै सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ मंसिर २०८२ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App