नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले ‘नागरिक नायक-२०८३’ सम्मान पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई प्रदान गरेको छ। आफ्नो १८औं वार्षिकोत्सवका अवसर पारेर पूर्वप्रधानमन्त्री कार्कीलाई नागरिक नायक सम्मान प्रदान गरिएको हो।
२००४ साल भदौ १३ गते मोरङको शङ्खरापुरमा जन्मिएकी उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि हुन्।
त्रिपुरवान विश्वविद्यालयबाट कानुनमा स्नातककोत्तर गरेकी कार्कीले राजनीतिशास्त्र पनि भारत गएर पढेकी थिइन्। २०४८ सालदेखि अधिवक्ताको रुपमा काम गरेकी कार्कीले २०७३ साल वैशाख ११ गते नेपालको पहिलो प्रधान न्यायाधीश नियुक्त भएकी थिइन्।
निडर निष्पक्ष र हाँकी स्वभावकी कार्कीलाई भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा पनि चिनिने गरिन्छ। जेन्जी आन्दोलनपछि उनी प्रधानमन्त्री नियुक्त भइन्। कार्की नेतृत्वको सरकारले गत फागुनमा चुनाव गराएको थियो।
प्रकाशित: ११ वैशाख २०८३ १८:५७ शुक्रबार





