२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

चार दिने भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री भट्टराई

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई चारदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्ने भएका छन्। 

भ्रमणका क्रममा उनले भारतका बौद्धिक व्यक्तित्व, कूटनीतिज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने सचिवालयले जनाएको छ।

भ्रमणमा मुम्बईस्थित प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थान बम्बईमा आयोजना हुने प्रौद्योगिकी महोत्सवमा तथा नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण एसियाली जनसहभागिता मञ्चद्वारा आयोजित कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुने विज्ञप्तिमा उल्लेख छ।

भट्टराईको भारत भ्रमणपछि नेपाल-भारत द्विपक्षीय सम्बन्ध बलियो हुने बताइएको छ।

No description available.

प्रकाशित: ६ पुस २०८२ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App