पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित पार्टीको जनसंगठन संयन्त्रसँग छलफल गरेकी छन् ।
पछिल्लो राजनीतिक परिवेशका विषयसहित पार्टीगत कामका विषयमा भण्ठारीले सचिव ढकालसँग जिज्ञासा राखेकी थिइन ।

त्यस्तै मदन भण्डारी फाउण्डेशका पदाधिकारी र सहित जनसंगठनका प्रमुखसँग आगामी असार १४ गते हुने मदन भण्डारी हिरक जयन्तीका विषयमा पनि छलफल गरेकी छन् ।
भण्डारीले हिरक जयन्तीलाई राम्रो र व्यवस्थित बनाउन चाल्नुपर्ने कदमका विषयमा कुराकानी गरेकी छन् ।
प्रकाशित: ४ वैशाख २०८३ १७:०६ शुक्रबार





