२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रुसी कम्युनिष्ट नेताहरूसँग भेटवार्ता गरी स्वदेश फर्किए पूर्वप्रधानमन्त्री नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फिर्ता भएका छन्।

रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन उनी यही जेठ ९ गते त्यसतर्फ प्रस्थान गरेका थिए। सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उनले विश्व परिवेशमा कम्युनिष्ट सिद्धान्तको लोकप्रियता तथा त्यसका चुनौतीबारे सम्बोधन गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

रुस भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री नेपालले रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए। उक्त भेटवार्तामा दुई देशबीचको मैत्री सम्बन्ध, आर्थिक विकास तथा आपसी हितका विषयमा छलफल भएको स्वकीय सचिव गौतमले बताए।

बिहीबार स्वदेश फर्किएका नेता नेपाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।

प्रकाशित: १५ जेष्ठ २०८३ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App