कपिलवस्तु क्षेत्र नम्बर ३ का पूर्व सांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको निधन भएको छ।
भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा हृदयघातपछि उपचारको क्रममा आइतबार बिहान निधन भएको एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिए।
८० वर्ष माथि का गुप्ता लामो समय राजनीतिमा सक्रिय रहँदै आएका थिए। २०३९ सालदेखि सांसदमा उम्मेदवार बनेका उनी नौ पटकमा एमालेबाट उम्मेदवार बनेका गुप्ता २०७९ सालमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट सांसद जितेका थिए।
उनको शब मंगलबार मात्र कृष्णनगर ल्याइने र बुधबार दाहसंस्कार हुने एमाले अध्यक्ष खनालले जानकारी दिए।
स्वर्गीय गुप्ताको श्रीमती र चार छोराहरू छन्।
प्रकाशित: २४ जेष्ठ २०८३ १३:४४ आइतबार

