परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार उनको काठमाडौंको टोखामा पुर्खैली घर र देशका विभिन्न तीन जिल्लामा जग्गा रहेको छ।
विवरणअनुसार मन्त्री खनालको काठमाडौंको टोखामा एउटा घर रहेको छ। यसबाहेक उनको नाममा तनहुँ, नवलपुर र बाँकेको नेपालगञ्जमा समेत जग्गा रहेको खुलेको छ।
चल सम्पत्तितर्फ परराष्ट्र मन्त्री खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ। त्यस्तै, उनले आफूसँग १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख गरेका छन्।
सवारी साधनको हकमा मन्त्री खनालले बैंकबाट ऋृण लिएर ४० लाख रुपैयाँमा ‘डङफेङ विगो’ गाडी खरिद गरेका छन्।
प्रकाशित: २९ चैत्र २०८२ १९:५३ आइतबार





