१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, यस्तो छ कार्यसूची

परराष्ट्रमन्त्री शिशिर खनाल आज (शक्रबार) भारत भ्रमणमा जाँदै छन्। परराष्ट्रमन्त्री खनाल दिउँसो २ः३० बजे भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।

समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँदिल्ली जान लागेका खनाल आइतबार स्वदेश फर्कने परराष्ट्रले जनाएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री खनालको भ्रमणबारे जानकारी गराएको हो।

खनालले नयाँ दिल्लीमा रहँदा समकक्षी विदेशमन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्। उक्त बैठकमा नेपाल र भारतबिचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विशेष गरी दुई देशबिचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबिचको सम्बन्धलाई थप सुदृढ र विस्तारबारे विस्तृत रूपमा विचारविमर्श हुने कार्यसूचीमा उल्लेख छ। नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानका रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ।

प्रकाशित: २२ जेष्ठ २०८३ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App