जेनजी अभियन्ता माजिद अन्सारीले नेपाली कांग्रेसको विज्ञको टोलीले गर्न लागेको संविधान संशोधनको विषयमा संविधान संशोधन जस्तो जटिल राजनीतिक तथा संवैधानिक विषय रहेको बताएका छन्।
उनले संसदभित्र तथा संसदबाहिर रहेका सबै राजनीतिक शक्तिहरूबीच छलफल, बहस र सहमतिका आधारमा मात्रै छलफल सम्भव हुने बताएका छन्। प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको नेपाली कांग्रेस लामो समयपछि सक्रिय रहेको भन्द उनले खुशी व्यक्ति गरेपनि जेनजीले नेपाल सरकारसगँ गत मंसिर २४ गते भएको १० बुँदे सम्झौता गरेको बिषयलाई काग्रेसले वेवास्ता गरेको बताएका छन्। साथै जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा सहिद परिवारलाई राहत उपलब्ध गराउने विषयमा पनि कांग्रेस मौन रहेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्।
अन्सारीले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित गौरी बहादुर कार्की आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नभएको विषयमा पनि कांग्रेस मौन रहेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । उनले संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित नेपाली कांग्रेसको विज्ञ समितिसँग छलफल अगाडी पाँचवटा प्रश्न समेत गरेका छन ।
१. जेनजी जनआन्दोलनका घाइतेहरुको उपचार तथा सहिद परिवारलाई तत्काल राहतका लागि प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली काँग्रेस सदनमा उक्त विषयमा हाल सम्म मौन किन छ ?
२. नेपाली कांग्रेसले जेन९जी जनआन्दोलनका प्रतिनिधिहरू तथा नेपाल सरकार बीच मिति २०८२ साल मंसिर २४ गते सम्पन्न भएको १० बुँदे सम्झौतालाई मान्ने र कार्यान्वयनको लागि पहल गर्ने भनी हाल सम्म संस्थागत निर्णय गरेको छ कि छैन ?
३ं. उल्लेखित १० बुँदे सम्झौताको कार्यान्वयनको विषयमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यहरू सदनमा हालसम्म किन मौन छन् ?
४ं. नेपाली कांग्रेस संस्थागत रूपमा उल्लेखित १० बुँदे सम्झौता प्रति अझै पनि प्रतिबद्ध छ कि छैन ?
५. भदौ २३ र २४ गतेको घटना सम्बन्धमा जाँचबुझ गर्नका लागि बनेको गौरी बहादुर कार्की आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन हाल सम्म आधिकारिक रुपमा सार्वजनिक नभएको विषयमा नेपाली काँग्रेस संस्थागत रूपमा किन मौन छ रु नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यहरूले सदनमा सो सम्बन्धी विषय किन उठाउँदैनन् ?
प्रकाशित: ३ जेष्ठ २०८३ ११:३२ आइतबार





