२७ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

कोशी सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा

कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा दिएका छन्।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारको नेतृत्वमा स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक विकासराज्यमन्त्री शोभा चेम्जोङ सहभागी भएका थिए।

उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइलका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बीच पछिल्लो समयमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली कांग्रेस सरकारबाट बाहिरिन उचित ठानेकाले सामूहिक रुपमा राजीनामा दिएको बताए।

अब कोशी प्रदेश सरकारमा नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वकै सरकारमा नेकपा सहभागी हुने भएको छ।

प्रकाशित: २७ श्रावण २०८३ २०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App