२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

अर्थमन्त्री वाग्ले आज थाइल्याण्ड जाँदै

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज थाइल्याण्डको राजधानी ब्याङकक प्रस्थान गर्दै छन्।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन उनी ब्याङकक प्रस्थान गर्न लागेका हुन्। उनी मंगलबार दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमान मार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री वाग्लेले १६ वटा भन्दा धेरै द्विपक्षीय र बहुपक्षीय बैठकमा र छलफलमा सहभागिता जनाउने छन्।

बैठकमा सहभागी हुन अर्थसचिव डा.घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सह-सचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि त्यसतर्फ जाने छन्। 

अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ।

प्रकाशित: २७ आश्विन २०८३ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App