परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा रहेकाले उनको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा अनुसार प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख डीपी अर्यालले सदनलाई जानकारी गराएका हुन्।
परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेपछि उनको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्यालयले अर्थमन्त्री वाग्लेलाई दिएको हो।
प्रकाशित: २ असार २०८३ १५:२० मंगलबार





