१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

रास्वपा सांसद सिंहको प्रश्न : बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री खै?

रास्वपा सांसद अमरेश सिंहले प्रतिनिधि सभामा बजेटका प्राथमिकतामा छलफल भएको दिनमा पनि अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै आक्रोस व्यक्त गरेका छन्। 

सरकारले परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री सधैं अनुपस्थिति हुने भन्दै आक्रोस व्यक्त गरेका हुन्। उनले वर्तमान समयमा उक्त अवस्थाबाट सरकार बाहिर गएको बताए।  

सिंहले अर्थमन्त्री नहुँदा परराष्ट्रमन्त्रीले बजेट बनाउने हो र भन्दै प्रश्न गरे। पछिल्लो २० वर्षदेखि पहिलो पटक संसदमा अर्थमन्त्रीबिनाको छलफल भएको भन्दै उनले नयाँको नाममा सबै नीति नियम भत्काउने भए सिंहदरबार, प्रधानमन्त्री, मन्त्री पद पनि भत्काउन अनुरोध गरे। साथै उनले प्रधानमन्त्रीले मधेशको भोट लिए पनि अहिले सरकारले मधेशीलाई प्राथमिकतामा राख्न नसकेको बताए।  

उनले सांसदले सबै परम्परा भत्काउँदै जाँदा संसद्को औचित्य नहुने भन्दै पार्लियामेन्ट्री सिस्टम नै समाप्त हुने बताएका। साथै देश र संविधानले पार्लियामेन्ट्री सिस्टमको अंगीकार गरिरहेको उनको भनाइ छ। 

प्रकाशित: ५ जेष्ठ २०८३ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App