१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भयो: मुख्यसचिव अर्याल

नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन्।

वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका लागि आवश्यक सुधार गरेको जानकारी दिए।

मुख्यसचिव अर्यालले भने, ‘सबै मन्त्रालयको समन्वय र सहकार्यमा वर्तमान सरकारले सुशासनका क्षेत्रमा पर्याप्त काम गरेको छ।’

प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले संयोजन गरेको सो कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासालाई सम्बोधन गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले आ-आफ्नो क्षेत्रका बारेमा स्पष्ट पारेका थिए।

प्रकाशित: २० असार २०८३ १९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App