३० कार्तिक २०८२ आइतबार
image/svg+xml ५:३५ पूर्वाह्न
राजनीति

राजनीतिक प्रतिशोधले मंगल ग्रह लगे पनि डराउँदिनँ: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा जहाँसुकै लगे पनि नडराउने बताएका छन्।

शनिबार रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण हुने क्रममा उनले आफूविरुद्ध राज्य संयन्त्र प्रयोग गरेर प्रतिशोध साधिएको बतउँदै मंगलग्रह लगे पनि नडराउने दृढता व्यक्त गरे।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, भैरहवा विमानस्थलमा भएको छोटो भेटमा लामिछानेले उच्च मनोबलका साथ उक्त कुरा बताएका हुन्।

‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिनँ, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले लामिछानेको भनाइ उद्धृत गर्दै जानकारी दिए। ‘जसरी सक्छन्, जता सक्छन् लग्न देऊ, केही फरक पर्दैन।’

कृष्ण जन्माष्टमीकै दिन कारागार सारिएका लामिछानेले आफू १२६ दिन बसेको रुपन्देही कारागारको कोठाको भित्तामा एक दार्शनिक सन्देश पनि छोडेको झाले बताए। लामिछानेले भने, ‘मैले बसेको कोठाको भित्तामा लेखेर आएको छु - अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।’

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई शनिबार ललितपुरको नख्खु कारागारमा सारिएको हो।

अदालतले करिब ४० दिनअघि नै सरुवाको अनुमति दिए पनि प्रक्रिया रोकिएको थियो। हालै उनले राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँग भैरहवामा आफ्नो ज्यान असुरक्षित रहेको बताएपछि सरकारले स्थानान्तरणको निर्णय गरेको हो।

प्रकाशित: ३१ श्रावण २०८२ १७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App