२४ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

स्थिर सरकार र नीतिबिना उद्यमशीलताको विकास सम्भव छैन : रवि लामिछाने

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालमा उद्यमशीलता र निजी क्षेत्रको विकासका लागि राजनीतिक संरक्षणभन्दा स्थिर सरकार र स्थिर नीति आवश्यक रहेको बताएका छन्। 

नेपाली युवा उद्यमी मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले नेपालले लामो समयपछि महत्वपूर्ण अवसर प्राप्त गरेको भन्दै त्यसलाई गुमाउन नहुने बताए। उनले नयाँ पुस्ताको राजनीतिक उपस्थितिलाई देश परिवर्तनका लागि महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए। 

लामिछानेले रास्वपाको संसदमा ४० वर्षमुनिका सांसदहरूको सङख्यालाई उदाहरण दिँदै युवा पुस्तालाई राजनीतिमा मात्रै नभई उद्यम, व्यवसाय र नीतिनिर्माणमा समेत नेतृत्वदायी भूमिकामा अघि बढाउनुपर्ने बताए। 

‘देशमा सम्भावना छ, नेपाल सम्भावनाको खानी हो। तर त्यसका लागि स्थिर सरकार र स्थिर नीति चाहिन्छ,’ उनले भने, ‘सरकार स्थिर भयो भने व्यवसाय गर्ने वातावरण बन्छ, नीति पटक–पटक परिवर्तन हुँदैन।’ 

उनले निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्ने भए पनि व्यवसाय गरेको आधारमै निजी क्षेत्रलाई आर्थिक अपराधीको दृष्टिकोणबाट हेर्न नहुने बताए। 

लामिछानेले व्यवसाय सञ्चालनका क्रममा कानुन उल्लंघन भए त्यसलाई आर्थिक अपराधका रूपमा अनुसन्धान र कारबाही गर्नुपर्ने, तर समग्र निजी क्षेत्रप्रति नै नकारात्मक धारणा बनाउनु उचित नहुने बताए। 

प्रकाशित: २४ श्रावण २०८३ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App