३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

चुनावको हार-जीतले कांग्रेसको राष्ट्रिय हैसियत घट्दैन: थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनमा पार्टीले हार ब्यहोरे पनि वा जीत हासिल गरे पनि कांग्रेस सधैँ मुलुकको राष्ट्रिय शक्तिको रूपमा रहने बताएका छन्। 

आइतबार नेपाली कांग्रेसको प्रजातान्त्रिक विषयमा छलफलमा बोल्दै सभापति थापाले कांग्रेसको ऐतिहासिक जग र भूमिकाका कारण निर्वाचनको तात्कालिक परिणामले पार्टीको राष्ट्रिय चरित्रलाई बदल्न नसक्ने बताएका हुन्। 

उनले भने, ‘राष्ट्रिय शक्ति भएको कारण कांग्रेसले क्षणिक लाभ र हानि हेरेर राजनीति गर्नु हुँदैन। राष्ट्रिय राजनीतिमा उठ्ने गम्भीर विषयहरूमा प्रतिक्रिया मात्रै जनाउने भन्दा पनि पार्टीले मुलुकलाई सही दिशा निर्देश गर्नुपर्छ।’   

सभापति थापाले वर्तमान राजनीतिक परिस्थितिमा आम नागरिकले नेपाली कांग्रेसमाथि नै विश्वास गर्नुपर्ने भन्दै निर्वाचनपछि बन्ने सरकार र जितेर आउने दलसँग शक्ति हुने भए पनि त्यस्तो शक्तिको आफ्नै सीमा हुने उनले बताए। 

उनले थपे, ‘निर्वाचन जितेर आउने दलमा शक्ति त हुन्छ, तर त्यसको सीमितता बुझ्न जरुरी छ। जनताले देखाउने एक प्रतिशत असन्तुष्टिलाई पनि सरकारले उपेक्षा गर्नु हुँदैन, त्यसको उचित सम्बोधन गरिनुपर्छ।’

प्रकाशित: ३ जेष्ठ २०८३ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App