२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सभामुख छान्न आइतबार निर्वाचन

मधेस प्रदेश सभाको सभामुख चयन गर्न आइतबार निर्वाचन हुने भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले पुस ६ गते आइतबार सभामुखको लागि निर्वाचन हुने सदनलाई जानकारी गराईन्।

मधेस प्रदेश सभाको सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुखका लागि निर्वाचन हुने उनले सदनलाई जानकारी गराईन्।

निर्वाचनका लागि उनले प्रदेशसभाका सचिव वासुप्रसाद कोईरालालाई पुस ५ गते प्रदेश सभाको सभामुख निर्वाचन सम्बन्धि सूचना प्रकाशन गर्न निर्देशन दिइन्।

बुधबारको बैठकमा उपसभामुख ईशरले राष्ट्रपति कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा सर्वोच्च अदालतबाट आएको पत्र पढेर सदनमा जानकारी गराएकी हुन्। प्रदेशसभा बैठक शुक्रबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ।

 

प्रकाशित: २ पुस २०८२ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App