२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनको परिणाम एमालेको पक्षमा हुन्छ: महासचिव पोखरेल

फाइल।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका पक्षमा हुने दाबी गरेका छन्।

बागमती प्रदेश सङ्गठन कमिटीले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने बताएका हुन्।

उनले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घर-घरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गरे। ‘हामी धेरै गतिविधि गर्दैछौं। मुख्य कुरा जनताको घरघरमा पुगेर संवाद गर्नु हो, तर त्यो हामीले अहिलेसम्म गर्न सकेका छैनौं। त्यो हाम्रो कमजोरी हो’, उनले भने, ‘पहिले हामी हरेक व्यक्तिका घर-घर पुगेर संवाद गथ्र्यौं। उनीहरुलाई एमाले बनाउन मेहनत गथ्र्यौं। तर पछिल्लो समय हामी उम्मेदवारका पछाडि मात्र देखिन थालेका छौं।’

महासचिव पोखरेलले उम्मेदवारको अगाडि पछाडि घुमेर चुनावी सफलता प्राप्त गर्न नसकिने बताए। उनले चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग जोडिएको बताए।

‘चुनावी अभियानमा चुक्यौं भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्ने छ। त्यसैले चुनावी अभियानमा जुट्नु आवश्यक छ’, उनले भने।

कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशले सबै निर्वाचन क्षेत्र जित्ने गरी रणनीति बनाउनुपर्नेमा जोड दिए। बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष नारायण सिलवालले कमिटीले निर्वाचन केन्द्रित अभियान सुरु गरेको जानकारी दिए।

प्रकाशित: २८ पुस २०८२ २१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App