प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिहरुको निर्वाचन वैशाख ४ गते हुने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको प्रतिनिधि सभाको बैठकमा समिति गठन गर्दै सभापतिको निर्वाचनको मिति तय गरेका हुन्। निर्वाचन आगामी वैशाख ४ गते शुक्रबार दिउँसो एक बजे हुनेछ। प्रतिनिधि सभामा ९ वटा र संयुक्त दुई वटा समिति रहेका छन्।
प्रतिनिधि सभाको चालु अधिवेशन शुक्रबार राति नै अन्त्य भएपनि समिति बैठकहरु भने निरन्तर जारी रहनेछन्।
प्रकाशित: २७ चैत्र २०८२ १९:२२ शुक्रबार





