२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन एकमात्र विकल्प: शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले आगामी फागुन २१ को निर्वाचनमा जान कांग्रेसले सबै राजनीति दल र  नागरिक समाजलगायतलाई एकताबद्ध बनाउनुपर्ने बताए।

‘यतिबेला कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ, मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो, त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ,’ उनले भने।

उनले जेन-जी आन्दोलनपछि सरकार मात्र बदलिएकाले निर्वाचनमार्फत बन्ने प्रतिनिधिसभाले आवश्यक संविधान संशोधन गरेर जेन-जीको जायज माग पूरा गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २६ कार्तिक २०८२ १७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App