२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन ढिलाइमा पार्टी होइन, निर्वाचन आयोग जिम्मेवार : आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पार्टीको प्रथम महाधिवेशनमा निर्वाचन प्रक्रिया ढिलाइ हुनुमा पार्टीभन्दा पनि निर्वाचन आयोगको  कमजोरी जिम्मेवार रहेको बताएकी छन्।  

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलहरूको महाधिवेशन गरेर आएका व्यक्तिहरुबाट पनि रास्वपाको महाधिवेशन गराउन असहज भएको बताएकी छिन् । साथै उनले निर्वाचन ढिलाइ हुदाँ धेरै टाढा र विकट ठाँउबाट आएका व्यक्तिलाई अत्याधिक सास्ती भएको बताएकी छिन्।   

‘चार–पाँच दिनदेखि टाढाबाट आएका प्रतिनिधिहरू यहाँ बसिरहेका छन्। उनीहरूलाई दैनिक हजारौँ रुपैयाँ खर्च भइरहेको छ। यसले सबैभन्दा बढी दुःख प्रतिनिधिहरूले पाएका छन्,’ उनले भनिन्।  

‘यो पार्टीले नचाहेको वा पार्टीको समस्या होइन। निर्वाचन आयोगले हेर्नुपर्ने विषय हो। व्यवस्थापनमा देखिएको कमजोरी आयोगकै हो,” उनले बताइन्।  

प्रकाशित: ११ असार २०८३ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App