९ मंसिर २०८३ बुधबार
image/svg+xml
खेल

वैभव सूर्यवंशीको विस्फोटक दोहोरो शतक: ५२ बलमै २८ छक्कासहित २०४ रन

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत यूएईविरुद्धको खेलमा भारत ‘ए’ का वैभव सूर्यवंशीले विस्फोटक दोहोरो शतक प्रहार गरेका छन्।

कतारको दोहामा जारी ५० ओभरको खेलमा उनी ५३ बलमै २८ छक्का र ७ चौकासहित २०४ रन बनाएर अविजित खेलिरहेका छन्।

३९२.३० को अविश्वसनीय स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका सूर्यवंशीको आँधीबेहरी इनिङ्सको मद्दतमा भारत ‘ए’ सानदार जितनजिक पुगेको छ।

२५० रनको लक्ष्य पछ्याइरहेको भारत ‘ए’ ले १२.४ ओभरमै २ विकेट गुमाएर २४४ रन बनाएको छ।

क्रिजमा सूर्यवंशीलाई रिंकु सिंहले १५ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाउँदै साथ दिइरहेका छन्।

यसअघि भारत ‘ए’ का अभिषेक शर्मा ५ बलमा १२ रन र प्रभसिमरन सिंह ३ रनमा आउट भएका थिए। यूएईका बलरहरूमध्ये जाहिद अलीले ४ ओभरमा ५२ रन र इब्रार अहमदले ३ ओभरमा ७१ रन खर्चेर समान १-१ विकेट लिएका छन्।

यस्तै, कप्तान बासिल हमिदले २.४ ओभरमा ५२ र उद्दिश सुरीले २ ओभरमा ४८ रन खर्चिए।

यसअघि पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रनको योगफल तयार पारेको थियो।

यूएईका लागि हरप्रित सिंहले १४४ बलमा १२ चौका र ४ छक्कासहित १३० रनको शतकीय इनिङ्स खेलेका थिए। यस्तै, कप्तान बासिल हमिदले अविजित ३६, मुहम्मद शहदादले २८ र इथन डिसुजाले २५ रन बनाए।

भारत ‘ए’ का लागि बलिङतर्फ अर्शद खानले १० ओभरमा ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, हर्षित राणा, सूर्यांश शेडगे, हर्ष दुबे र शहबाज अहमदले १-१ विकेट हात पारे।

प्रकाशित: ८ मंसिर २०८३ १७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App