राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वृद्धि भएको इन्धनको मूल्य फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो चेतावनी दिएका हुन्। उनले एक साताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन सुरु गर्ने जानकारी दिए।
प्रकाशित: ५ वैशाख २०८३ १३:५० शनिबार





