मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजीको आन्दोलनमा आफू पनि सरिक हुँदै बताउँदै तर सरकारले चैत १५ गतेजस्तो दमन नगरोस् भनेका छन्। ढिलो भए पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूको चेत खुलेको बताउँदै उनले यस्तो धारणा राखेका हुन्।
‘भ्रष्टाचारविरुद्धको यस महा अभियानमा सबै नेपाली दाजुभाइ दिदीबहिनी हरूलाई धन्यवाद छ!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफै सरिक हुनेछु , गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्।’
प्रकाशित: २२ भाद्र २०८२ ११:४९ आइतबार





