१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले माग पूरा गरेमात्र दुर्गा प्रसाईंको पार्टी चुनावमा जाने !

नागरिक बचाउ दल नेपालले आफ्नो आन्दोलन र माग सँगसँगै अघि बढाउने दावी गरेको छ । आगामी मंसिर ७ गते प्रदर्शनको तयारी गरेको यो दलले खबरदारीलाई सहयोग गर्न आह्वान पनि गरेको छ ।  

निर्वाचन आयोग परिसरमा दल दर्ताको सनाखतपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका सभापति माधव खतिवडा (माधव कल्पित)ले आन्दोलन शान्तिपूर्ण हुने तर दवाव बढाए प्रतिकार गर्ने चेतावनी दिए ।  

उनले सरकारलाई आफ्ना माग सम्बोधनका लागि पटक पटक घच्घच्याएको बताउँदै जनताका माग सम्बोधन गरेर नागरिक बचाउ दल नेपाललाई चुनावमा सहभागी हुने वातावरण बनाउन आग्रह पनि गरे ।  

आफ्ना जायज माग सरकारले पूरा नगरे चुनावमा सहभागी नहुने चेतावनी पनि उनले दिएका छन् । 

प्रकाशित: ३० कार्तिक २०८२ १५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App