२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रूपन्देही–३ मा डा. लेखजंग थापाको ऐतिहासिक मतान्तरसहितको जित

रूपन्देही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. लेखजंग थापाले ५० हजारभन्दा धेरै मतान्तरले निर्वाचन जितेका छन्।

थापाले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतले पछि पारेका हुन्।

यो नेपालको संसदीय निर्वाचनको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो मतान्तर हो।

थापाले ५८ हजार ८१४ मत ल्याउँदा अन्य दलका सबै उम्मेदवारले १० हजारभन्दा कम मत ल्याएका छन्।

थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुरुङले ८ हजार ४३५ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याएका छन्। राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत ल्याएका छन्।

रास्वपाले रूपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा विजय हासिल गरिसकेको छ भने क्षेत्र नं. १ र ५ मा रास्वपाका उम्मेदवारहरूले फराकिलो अग्रता लिएका छन्।

 

प्रकाशित: २३ फाल्गुन २०८२ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App