२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

डीपी अर्याल सभामुखमा प्रस्तावित, रविले दिए सबै दललाई धन्यवाद

फाइल तस्बिर

प्रतिनिधिसभाको बैठकमा डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ। रास्वपा सभापति रवि लामिछानेले सो प्रस्ताव पेस गरेका हुन्।

अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दललाई धन्यवाद दिँदै लामिछानेले सबैलाई धन्यवाद समेत दिए। उनको प्रस्तावमा डा. स्वर्णिम वाग्लेले समर्थन जनाएका छन्।

एकल उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित भइसकेका छन्। आजको बैठकले उनलाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ। 

प्रकाशित: २२ चैत्र २०८२ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App