७ आश्विन २०८२ मंगलबार
image/svg+xml ६:२२ पूर्वाह्न
राजनीति

भिजिट भिसामा डिपी अर्याल पानीमाथिको ओभानो बनेर पन्छिन खोज्दै छन् : बस्नेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको सुमिरे टुर एन्ड ट्राभल्सबाट भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका केही व्यक्ति उतै लुकेको पाइएको छ। नेपाल स्काउटको लोगो देखाई टिकट काटेर गएका उनीहरू उतै लुकेका हुन्।

उक्त विषयमा रहेर नेकपा (एमाले) का नेता महेश बस्नेतले अर्याल पानीमाथिको ओभानो बनेर पन्छिन खोजेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले यस्तो बताएका हुन्। उनले सदनमा भिजिट भिसा प्रकरणका नाममा गृहमन्त्री रमेश लेखकमाथि आइपरेका रास्वपाका कार्यवाहक सभापतिलगायतका सांसदहरूमाथि निकै गम्भीर र ठूलो नैतिक प्रश्न भएको बताए।

उनले लेखेका छन्, 'रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल भने आफू पानीमाथिको ओभानो बनेर पन्छिन खोजिरहेका छन्। सदनमा भिजिट भिसा प्रकरणका नाममा गृहमन्त्री रमेश लेखकमाथि आइपरेका रास्वपाका कार्यवाहक सभापति लगायतका सांसदहरूमाथि यो निकै गम्भीर र ठूलो नैतिक प्रश्न हो।'

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले दर्जनौं ट्राभल एजेन्सीले भिजिट भिसामा पठाएका नागरिकको विवरण अनुसन्धान गर्ने क्रममा यो तथ्य फेला पारेको हो। ब्युरोले भने यो विषयलाई गोप्य राख्न खोजेको छ। ब्युरोका एक अधिकारीका अनुसार स्काउट प्रतिनिधिहरूलाई यो विषयमा सोधपुछ गरिएको छ।

यो पनि पढ्नुहोस्

सुमिरे ट्राभल्सबाट कोरिया गएका उतै लुके

 

प्रकाशित: २६ श्रावण २०८२ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App