नेकपा एमालेका नेता विष्णु रिजालले राजदूत फिर्ता प्रकरणमा एकै पटक दुई गल्ती भएको बताएका छन्।
पहिलो गल्ती ६ महिने म्यादी सरकारले मुलुकको प्रतिष्ठा ख्याल नगरी बिनाकरण राजदूतमाथि जाइलागेर सरकारले असहिष्णुता देखाएको उनले बताए।
'राजदूत फिर्ता प्रकरणमा एकै पटक दुई गल्ती भएका छन्,' रिजालमा सामाजिक सञ्जलामा लेख्दै भने, 'पहिलो, प्रधानमन्त्रीको नियुक्ति-पत्रमै चुनाव गराउने एक मात्र कार्यभार तोकिएको ६ महिने म्यादी सरकारले मुलुकको प्रतिष्ठा ख्याल नगरी राजदूत फिर्ता बेलाउनै हुँदैनथ्यो। के रिस रहेछ, विनाकरण राजदूतमाथि जाइलागेर सरकारले असहिष्णुता देखाएको छ।'
यस्तै दोस्रो गल्ती भनेको जेसुकै कारणले भए पनि सरकारले फिर्ता बोलाइसकेपछि राजदूत जस्तो नितान्त सरकारको विश्वासमा मात्रै विदेशीसँग काम गर्नुपर्ने पदलाई अदालतले थमौती गर्नै नमिल्ने बताए।
उनले भने, 'दोस्रो, जेसुकै कारणले भए पनि सरकारले फिर्ता बोलाई संकेपछि राजदूत जस्तो नितान्त सरकारको विश्वासमा मात्रै विदेशीसँग काम गर्नुपर्ने पदलाई अदालतले थमौती गर्नै मिल्दैनथ्यो। अब ती राजदूत सरकारका होइन, अदालतका विश्वास प्राप्त प्रतिनिधि भएका छन्।'
उनले अब ती राजदूत सरकारका नभइ अदालतका विश्वास प्राप्त प्रतिनिधि भएका जिकिर गरे।
दोहोरो खेलबाडले कूटनीतिलाई देशभित्र मात्र नभइ विश्वमै मजाक बनाएको र नेपालको थप बेइज्जत भएको बताएका छन्। 'दोहोरो खेलबाडले कूटनीतिलाई देशभित्र मात्र होइन, विश्वमै मजाक बनाएको छ र नेपालको थप बेइज्जत भएको छ। आशा गरौं- फिर्ता बोलाइएका राजदूतले यसको ख्याल गर्नेछन्,' उनले लेखेका छन्।
प्रकाशित: १८ कार्तिक २०८२ ०८:५९ मंगलबार





