१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

चिन्ता नलिऔँ, निर्धारित मिति मै चुनाव हुन्छ: मन्त्री घिसिङ

उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने बताएका छन् ।  

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  कार्यालय उद्घाटन कार्यक्रममा उहाँले  निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताए ।  

एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उनको भनाइ थियो ।  

उनले भने, ‘७०/८० वर्ष पुराना पार्टीहरुलाई परास्त गरी बहुमत ल्याएर सरकार बनाउने ठूलो साहस यो पार्टीले गरेको छ।’

जेनजी आन्दोलनपछि गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको घिसिङले बताए ।

 

प्रकाशित: ७ पुस २०८२ १८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App