नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष भीम रावलले मधेस प्रदेशमा पानीको हाहाकार रहेको र १० वटा पालिकाले नीति, कार्यक्रम र बजेट नल्याई कानुन मिचेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले प्रधानमन्त्री र राजनीतिक दलहरू यो विषयमा मौन रहेको बताए।
नेता रावलले स्थायित्वको नारा दिने नेपाली कांग्रेसभित्रै आफ्नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै दलहरूमा सत्ता र धन आर्जनको होडबाजी चलेको आरोप लगाएका छन्।
उनले यो अवस्थालाई सत्ताको घिनलाग्दो खेलको संज्ञा दिएका छन्।
प्रकाशित: ११ श्रावण २०८२ २१:१९ आइतबार





