१६ असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

विनियोजन विधेययक माथिको छलफल असार १७ गतेदेखि

मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि यही असार १७ गतेदेखि छलफल हुने भएको छ।

विनियोजन विधेयकमाथिको छलफलका लागि यही असार १७ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने तयारी भएको सभामुख रामअशिष यादवले जानकारी दिए।

मधेस प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३र८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए। 

प्रकाशित: १२ असार २०८३ १७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App