१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीबीच छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग विकास निर्माण र संघीयता कार्यान्वयनका विषयमा छलफल गरेका छन्।

बिहीबार प्रधानमन्त्री निवासमा भएको उक्त छलफलमा विकासलाई तीव्रता दिने र संघ प्रदेशबीचको सहकार्य सुदृढ बनाउनेबारे समझदारी बनेको छ।

छलफल मुख्यत: विकास निर्माणका कामलाई गति दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने र संघीयताको मर्मअनुसार संघ र प्रदेशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन केन्द्र र प्रदेश सरकारबीचको समन्वय अनिवार्य रहेको उल्लेख गरे।

सो अवसरमा मुख्यमन्त्रीहरूले प्रदेशमा सञ्चालित आयोजनाहरूको अवस्था र आइपर्ने चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

हेराैं तस्बिरहरु

May be an image of one or more people and dais
May be an image of dais
May be an image of dais
May be an image of one or more people, suit and dais
May be an image of one or more people, dais and text
May be an image of one or more people
May be an image of one or more people, dais and text
May be an image of dais
May be an image of dais
May be an image of one or more people
No photo description available.

प्रकाशित: ३ वैशाख २०८३ १७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App