२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य : सांसदहरु

राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिए।

नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताए। ‘यस विषयमा सरकारले संयमित, स्पष्ट र जिम्मेवारी कूटनीतिक दृष्टिकोण अपनाउनुपर्छ’, उनले भने।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विष्णुबहादुर विश्कर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने अभिव्यक्ति कसैबाट आउन नहुने बताए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सम्झना देवकोटाले नेपाल–भारत सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिए।

प्रकाशित: २० जेष्ठ २०८३ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App