नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबिच संवाद जारी रहेको छ ।
अहिले बिहान राष्ट्रपति पौडेलसँग सिग्देलले छलफल गरेका थिए । ‘राष्ट्रपति र प्रधानसेनापतिबिच संवाद भएको छ, सायद चाडै निकास आउँछ होला’, जंगी अड्डा स्रोतले भन्यो ।
संवैधानिक प्रक्रियाबाट सरकार बनाउने कि संविधानबाहिरबाट सरकार बनाउने भन्ने छलफल चलिरहेका बेला राष्ट्रपति र सेनापतिबिच संवाद भएको हो ।
प्रकाशित: २६ भाद्र २०८२ ११:४० बिहीबार





