२४ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

नेपालमा सिंह नभएकाले ‘सिंहदरबार’ नाम उपयुक्त छैन : हरि ढकाल

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।

नेपालमा सिंह नभएकाले ‘सिंहदरबार’ नाम उपयुक्त नभएको तर्क गर्दै उनले यसको नाम ‘अनामनगर दरबार’ राख्न सुझाव दिएका हुन्। 

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि विभिन्न स्थान तथा संस्थाका नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने परिवर्तन नभएको भन्दै सिंहदरबारको नामसँगै त्यससँग जोडिएको पुरानो सत्ता संस्कार र मानसिकता पनि परिवर्तन गर्न आवश्यक रहेको बताए।

‘परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दैगर्दा त्यसलाई ‘अनामनगर दरबार’ राख्दिएको भए हुन्थ्यो होला। हामीसँग सिंह नै छैन, त्यसको नाम चाहिँ सिंहदरबार नै छ। र त्यसको केही हाउभाउ, भावभङ्गीहरु त्यो भाषा जस्तै छ। त्यो चिर्न पर्ने छ,’ उनले भने।

उनले मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा धारणा राख्दै देश एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने बताए।

प्रकाशित: २४ श्रावण २०८३ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App