राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले विकासलाई केवल भौतिक पूर्वाधार निर्माण र आर्थिक वृद्धिको आधारमा मात्रै मापन गर्न नहुने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले विकासको मुख्य आधार मानवीय कल्याणको अभिवृद्धि, व्यक्तिगत स्वतन्त्रताको विस्तार र प्राकृतिक वातावरणको संरक्षणलाई बनाउनुपर्ने भनाइ राखेका छन्।
गजुरेलले यी पक्षलाई विकासको आधार बनाउँदा नागरिकको खुसी र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने बताएका हुन्। 'विकासलाई हामीले केवल भौतिक पूर्वाधारको विकास र आर्थिक वृद्धिले मापन गर्ने भन्दा मानवीय कल्याण अभिवृद्धि गर्ने, व्यक्तिगत स्वतन्त्रताको विस्तार गर्ने र प्राकृतिक वातावरणको संरक्षणलाई आधार बनाउदा हामी नागरिक बढी खुसी हुन्छौ कि जस्तो लाग्छ,' उनले भनेका छन्।
उनले मानव केन्द्रित भौतिक पूर्वाधारको निर्माण अबको प्राथमिकता हुने भनाइ राखे।
प्रकाशित: २ आश्विन २०८३ ०८:१५ शुक्रबार





