२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
राजनीति

देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

नेपाली कांग्रेस देउवा समूहका नेता गुरु बरालले टिबेटियन ओरिजिनल ब्लड (टिओबी) र वर्तमान कांग्रेस नेतृत्व एउटै शक्ति केन्द्रबाट सञ्चालित भएको दाबी गरेका छन्।

देउवा कांग्रेसको गण्डकी अधिवेशनबारे जानकारी दिन शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बरालले टिओबी र गगन थापा नेतृत्वको कांग्रेस दुवै स्क्रिप्टेड प्लान सफल बनाउन अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएका हुन्। 

‘यिनीहरू राष्ट्रलाई विध्वंश गर्नका लागि स्क्रिप्टेड प्लान नेपालमा लागू गर्नका लागि परिचालित भए। यो दुर्भाग्यपूर्ण हो’ उनले भने।

यो पनि पढ्नुहोस्

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

नेता बरालले अहिले पनि गगन कांग्रेस सरकारको रक्षक, सहयात्री र सहयोगीजस्तो बनेको टिप्पणी गरे। देशमा वितण्डा मच्चिँदा, राष्ट्रियता र सार्वभौमसत्तामाथि धावा बोल्दासमेत गगन कांग्रेस चुप लाग्नु त्यसैको परिणाम भएको उनको दाबी छ। 

उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।

उनले भने, ‘तर त्यो कुनै क्रान्ति थिएन, बरु विध्वंश र वितण्डा मात्र थियो।’ 

बरालले टिओबीले देउवालाई नहटाई देशमा चुनाव गर्न सकिन्न भन्ने निष्कर्षका साथ गगन पक्षलाई प्रयोग गरेर विशेष महाधिवेशनको नाममा हटाएको आरोप लगाए।

देउवालाई सभापतिबाट हटाउँदा कांग्रेससँगै प्रजातन्त्र, लोकतन्त्र र देश पनि कमजोर बनेको उनको दाबी छ।

प्रकाशित: २७ कार्तिक २०८३ १८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App