नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले प्रदेशस्तरीय भेला गर्ने भएको छ।
कोशी प्रदेशस्तरीय भेला विराटनगरको बिग होटलमा बिहान ११ बजेबाट सुरु हुने हो। पार्टी सङ्गठन सुदृढ बनाउने र १५औँ महाधिवेशनको तयारी अघि बढाउनु भेलाको उद्देश्य रहेको बताइएको छ।
वर्तमान राजनीतिक अवस्था र मुलुकको दिशाबारे साझा बुझाइ बनाउँदै अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि प्रदेशस्तरीय भेलामा छलफल हुने बताइएको छ।
यस्तै, देउवा समूहले भोलि (बुधबार) काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला गर्ने भएको छ। भेला बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
प्रकाशित: २९ वैशाख २०८३ ११:०१ मंगलबार





