प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुरले संविधानका उपलब्धिहरूलाई अझ सुदृढ गर्दै सुशासन, समृद्धि, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपसभामुख ठाकुरले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समानता, सामाजिक न्याय, समावेशिता र नागरिकका मौलिक अधिकारलाई संस्थागत गरेको उल्लेख गरेकी छन्।
उनले संविधानका उपलब्धिलाई थप मजबुत बनाउँदै संविधानको मर्म र भावनाअनुरूप सबै नागरिकको अधिकार र सम्मान सुनिश्चित गर्नु आजको साझा दायित्व रहेको बताएकी छन्।
समुन्नत, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
संविधान दिवसको ऐतिहासिक अवसरमा उपसभामुख ठाकुरले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गरेकी छन्।
प्रकाशित: ३ आश्विन २०८३ ०७:२१ शनिबार





-600x400.jpg)