प्रतिनिधि सभाको उपसभामुख शुक्रबार चयन हुने भएको छ। संघीय संसद् सचिवालयले बुधबार उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै शुक्रबार अपराह्न ४ बजे मतदान हुने जानकारी गराएको हो।
उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ता र अपराह्न साढे २ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्ने कार्यतालिका छ।
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएपछि उपसभामुख महिला हुनु पर्ने संवैधानिक व्यवस्था छ। साथै सभामुख र उपसभामुख फरक दलबाट हुनु पर्ने प्रावधान छ।

प्रकाशित: २५ चैत्र २०८२ १७:४७ बुधबार





