‘संविधानको रक्षा गर’ भन्दै प्रदर्शन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक माग गर्दै बारा र पर्सामा नेपाली कांग्रेस र नेकपा एमाले बिहीबार बेलुका प्रदर्शन गरेका छ्न्। उनहरूले ‘संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर' का नारा लगाएका थिए।
बाराको पचरौता नगरपालिकाको बेनौली, पर्साको वीरगन्ज र पोखरी नगरपालिकाको पोखरीयामा प्रदर्शन गरिएको हो।
वीरगन्जको घण्टाघरमा संविधान र लोकतन्त्रको पक्षमा प्रदर्शन गरिरहेका कांग्रेसका नेतालाई सेनाले प्रदर्शन गर्नबाट रोकेको थियो।
पर्साको पोखरीमा पनि युवा संघले संविधान रक्षाको माग गर्दै प्रदर्शन गरेका थिए । ‘संविधानको रक्षा गर, सम्माननीय राष्ट्रपतिलाई सार्वजनिक गर’ भन्ने नारा प्रदर्शनकारीले लगाएका थिए ।
राष्ट्रिय युवा संघ नेपाल पोखरिया नगर कमिटीको आयोजनामा संविधानको रक्षा गर, सम्माननीय राष्ट्रपति लाई सार्वजनिक गर, जंघीय शासन मान्दैनौँ लगायतका नारासहित खबरदारी कार्यक्रम गरिएको थियो ।
प्रकाशित: २६ भाद्र २०८२ २०:३४ बिहीबार





