कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन्।
संविधान दिवसका अवसरमा आज स्थानीय शहीद रङ्गशालामा आयोजित कार्यक्रममा उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि तथा राज्यका सबै तह र निकायमा सुशासन कायम गर्नु प्रदेश सरकारको प्राथमिकता हो भनेका थिए। कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख पर्शुराम खापुङ थिए।
प्रकाशित: ३ आश्विन २०८३ १२:३५ शनिबार





