१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

मधेस प्रदेशसभामा अर्थमन्त्रीको राजीनामा माग, बैठक स्थगित

मधेस प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधले बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।  

अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलले शुक्रबार पनि प्रदेश सभा बैठक अवरोध गरे ।  

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक जवाहरलाल कुशवाहाले त्रुटिपूर्ण बजेट अर्थमन्त्रीले ल्याएको र बहुमतले पास गरिएको भन्दै उनको राजीनामा माग गरेका छन् ।

अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन अवरोध जारी रहने दावी गरेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीलाई प्रतिवाद गरे । सर्वदलीय बैठकमा नआउने र सदनमा सदन अवरुद्ध गरेर रगरा गरेको आक्रोश पोखे ।

यसपछि सभामुख रामचन्द्र मण्डलले बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित गरेका छन् । प्रतिपक्षी दलले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्ने गरेका छन् ।

मधेस प्रदेश सभाको छैठो अधिवेशनको पहिलो बैठक बिहीबार पनि प्रतिपक्षी दलहरूले अवरुद्ध  गरेको थियो । प्रतिपक्षी दल जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले सदन चल्न नदिने रणनीतिका साथ सदन अवरोध गरेका हुन् ।

प्रकाशित: १३ भाद्र २०८२ १५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App