नेकपा एमालेका सचिव महेश बस्नेतले लाखौँ अन्धसमर्थकहरूको भिडभन्दा विवेकी र सज्जनहरूको साथ धेरै मूल्यवान् हुने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले यस्तो बताएका हुन्। उनले भने, 'डिअर बालेन, लाखौँ अन्धसमर्थकहरूको भीडभन्दा २–४ जना विवेकी र सज्जनहरूको साथ धेरै मूल्यवान् हुन्छ। भिड ठूलो भएर सत्य ठूलो हुँदैन।'
उनले सरकारसँग असन्तुष्टि व्यक्त गरेकै भरमा सारा सर्वस्व गुमाएकी पीडित महिलामाथि अराजक, क्षुद्र र अश्लील टिप्पणी बर्साउनेहरूलाई बालेनले नै अपराधी करार गरेपछि यिनीहरूको हालत हेर्दा मज्जा आउने भनाइ राखे।
'सरकारसँग असन्तुष्टि व्यक्त गरेकै भरमा सारा सर्वस्व गुमाएकी पीडित महिलामाथि अराजक, क्षुद्र र अश्लील टिप्पणी बर्साउने ‘जिउँदा लास’हरूलाई बालेनले नै अपराधी करार गरेपछि यिनीहरूको हालत हेर्दा मज्जा नआउने कुरै भएन,' उनले भनेका छन्, 'तर सबैभन्दा रमाइलो कुरा के भने- बालेनले आफूलाई समेत ‘अपराधी’ भनेको अर्थ नबुझी यिनीहरू अहिले पनि लभ, कमेन्ट र शेयरमै व्यस्त होलान्। आखिर कहिले पढेर, बुझेर समर्थक भएका हुन् र यिनीहरू? ‘जिउँदा लास’ न परे!'
प्रकाशित: २१ भाद्र २०८३ ०८:३५ आइतबार





