३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

जनतालाई दाहालको चेतावनी: माओवादीको विश्वास नगरे देश बच्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले विश्वास नगरे देश बच्दै–नबच्ने बताएका छन्। बुधबार पोस्टबहादुर बोगटी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। 

‘...चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ,’ दाहालले भने, ‘मलाई लाग्छ देश बच्दै–बच्दैन । धेरै ठुलो अप्ठ्यारोमा जान्छ। यस कारण जनताले विचार पु¥याउनुपर्छ।’

दाहालले आफू तीन पटक प्रधानमन्त्री बनेको र आफ्नो नेतृत्वका तीन वटै सरकारले देशमा राम्रोबाहेक केही पनि नराम्रो नगरेको दाबी गरे। माओवादीले राम्रो गर्दागर्दै पनि जनताले नेपाली कांग्रेस र नेकपा एमालेलाई मत दिएको उनले गुनासो पोखे। 

‘माओवादीले सरकारमा हुँदा राम्रोबाहेक कुनै नराम्रो काम गरेकै छैन भन्ने कुरा बिर्सिएर कांग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारीलाई बचाउनै सरकार बनाएका छन्,’ दाहालले भने। अब आफू पनि पर्ने बेला आउनै लाग्यो भन्ने लागेपछि कांग्रेस–एमालेले अहिलेको सरकार बनाएको उनले दाबी गरे । उनले भने, ‘यो सुशासन दिन बनेको सरकार हो र अनि यसले सुशासनको आशा गर्नु?’ 

प्रकाशित: ११ भाद्र २०८२ १८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App